पात्रो

रेडियो

समाचार खोजी

लक्ष्मी सनराइज क्यापिटलको ७.७२ करोड लाभांश पारित

साझा अर्थ संवाददाता १७ मंसिर २०८१, सोमवार

 

लक्ष्मी सन्राइज क्यापिटलकोे १४औँ वार्षिक साधारणसभाबाट ७.७२ करोड रुपैयाँबराबरको नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न क्यापिटलको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.७२ करोड रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

गत आवमा लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटल एक–आपसमा गाभिई कारोबार थालेपछि कम्पनीको चुक्ता पुँजी ४८ करोड ८९ लाख कायम भएको छ । 

सभाले गत आवको वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित गरेको छ । साथै, चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ ।

मर्चेन्ट बैंकिङ सेवामा सक्रिय यस कम्पनीले हालसम्म सबैभन्दा बढी संस्थाहरूको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको जनाएको छ । हाल २० वटा कम्पनीको सेयर निष्कासनका क्रममा रहेको छ भने करिब ७० करोडभन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आइरहेकोे कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले करिब सात अर्बबराबरका ६ वटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड सञ्चालनसमेत गर्दै आइरहेको छ ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता