सोमबार शेयरबजार परिसूचक परिसूचक नेप्से १९.९७ अंकले बढेर २७५८.०४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३१४ कम्पनीका २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता खरिद बिक्रीबाट १० अर्ब ५४ करोड १७ लाख ४६ हजारको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये तारागाउँ रिजेन्सी होटेल, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै जोशी हाइड्रोको शेयर मूल्य ९।९९ प्रतिशत तथा अपर स्यांगे हाइड्रोको शेयर मूल्य ९.९५ प्रतिशत बढेको छ। जस मध्ये नेपाल फाइनान्सको सर्वाधिक ५९ करोड ४७ लाख र ङादी ग्रुप पावरको ४८ करोड ८९ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ८.७२ प्रतिशत घटेको छ भने गुराँस लघुवित्तको शेयर मूल्य ७.७३ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका मध्ये बैंकिंग, विकास बैंक, फाइनान्स र अन्य समूह बाहेकका सबै समूहगत बढेका छन् ।
साझा अर्थ संवाददाता