पात्रो

रेडियो

समाचार खोजी

नेपाल प्रिमियर लिग हेर्न एनसेलको प्याकेज

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

एनसेलले नेपाल प्रिमियर लिग ९एनपिएल०का खेललाई अझ रोमाञ्चक बनाउन सधैँ अन, डेटा र भ्वाइसमा तीनवटा आकर्षक एनपिएल फ्यान प्याक सार्वजनिक गरेको छ । 

प्याकअन्तर्गत ग्राहकले अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपिएलभरि अनलाइनमार्फत खेलको मज्जा लिन सक्नेछन् । सधैँ अन प्याकअन्तर्गत ग्राहकले ३९९ देखि १,४९९ रुपैयाँसम्मका कुनै पनि प्याकको खरिदमा युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउनेछन् । साथै, अतिरिक्त डेटाबिनै एनपिएलका खेल अनलाइनमार्फत जुनसुकै वेला पनि हेर्न सकिने एनसेलले जनाएको छ । 

त्यसैगरी, एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकले ५० रुपैयाँमा एक दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् भने १२५ मा तीन दिन, १९९ मा सात दिन र ९९९ मा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा लिन सकिने बताइएको छ । 

त्यसैगरी, भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक ल्याएको छ । सात दिनका लागि १४९ र २८ दिनका लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । अनलिमिटेड डेटा प्याकहरू र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहक एनपिएल खेलहरू मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुने एनसेलले जनाएको छ । 

256 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ