पात्रो

रेडियो

समाचार खोजी

नेट म्याक्सको लाइसेन्स रद्द

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार



काठमाडौं । इन्टरनेट सेवाप्रदायक नेट म्याक्स टेक्नोलोजिज प्रालि (ललितपुर) को  लाइसेन्स खारेज गरिएको छ । कम्पनीको कात्तिक २९ गतेदेखि लाइसेन्स रद्द भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालन गर्न अनुमति लिएको नेट म्याक्सले तोकिएको समयावधिभित्र लाइसेन्स नवीकरण नगरेकाले लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ । 

साथै, प्राधिकरणले नेट म्याक्सलाई सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसहित ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । 

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ