पात्रो

रेडियो

समाचार खोजी

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

पोखराः पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला पनि भएको छ ।    
    
विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिनुुभयो । अक्षयकोषमा कम्तीमा रु एक करोड पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुुभयो ।    
    
अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले रु १० लाख, धनबहादुुर थापाले रु एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले रु ५१ हजार १११, वासुदेव तिवारीले रु ५० हजार, खगराज अधिकारीले रु ३७ हजार र विष्णुुमाया पण्डितले १५ हजार प्रदान गर्नुभएको जानकारी उहाँले दिनुभयो ।  

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्