पात्रो

रेडियो

समाचार खोजी

एनपीएललाई मध्यनजर गर्दै ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक

साझा अर्थ संवाददाता १४ मंसिर २०८१, शुक्रवार

काठमाण्डौ । मनेपाल टेलिकमले मंसिर १५ गतेदेखि योजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ।  

मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेका हुन् ।  

 

मङ्सिर १४ गतेदेखि आगामी पुस ६ गतेसम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत  खरिद गर्न सकिनेछ ।

 

यसका साथै नेपाल प्रिमियर लिग सम्पन्न हुने किर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि स्मल सेल लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टरसञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान  ‘एफटीटीएच’निःशूल्क जडान कार्य समेत सम्पन्न गरेको छ । 

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ