पात्रो

रेडियो

समाचार खोजी

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा खड्का

साझा अर्थ संवाददाता १४ मंसिर २०८१, शुक्रवार


काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका यसअघिका सीईओ कवि फुयाँलको कार्यकाल गत भदौ ६ गतेदेखि समाप्त भएपछि कम्पनी सीईओ बिहिन थियो । कम्पनीको कामु सीईओको जिम्मेवारी दिनेश बहादुर अमात्यले सम्हाल्दै आएका थिए । 

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ