काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आजसम्म कायम सेयरधनीहरुले सोल्टी होटलको लिमिटेडको ३६.८४ प्रतिशत लाभांश पाउने छन् । लाभांस वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १३ गते एक बुक क्लोज गदैछ ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र २६.८४ प्रतिशत नगद (करसहित) गरी कुल ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको आगामी पुस ४ गते हुने साधारण सभाबाट पारित भएपछि लाभांस वितरण गरिनेछ ।
साझा अर्थ संवाददाता