पात्रो

रेडियो

समाचार खोजी

नेपाल अफ्रिका चलचित्र महोत्सवको आयोजना गरिँदै

साझा अर्थ संवाददाता १२ मंसिर २०८१, बुधवार

काठमाडौः नेपालमा माघको पहिलो साता अफ्रिकन चलचित्र महोत्सवको आयोजना गरिने भएको छ ।  कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ काठमाडौंमा आयोजना गरिने भएको हो  । 
मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो । उहाँले माघ पहिलोसाताको मिति छिट्टै घोषणा गरिने जानकारी दिँदै नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि आह्वान गरिएको बताउनुभयो । यस अगाडि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्रको रुपमा अफ्रिकी चलचित्रलाई मात्र समावेश गर्ने गरिन्थ्यो । यसपटक भने अफ्रिका बाहेकका चलचित्र पनि महोत्सवमा अन्तर्राष्ट्रिय विधाअन्तर्गत सहभागी हुन सक्नेछन् ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्