मंगलबार नेप्से सूचक ३३.४१ विन्दुले बढेर २७१६.६६ अंकमा उक्लिएको छ । यस दिन ७ अर्ब ४४ करोड बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो । मंगलबार तीन वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली विकास बैंकको सेयर मूल्य ८.४ प्रतिशत घटेको छ।
सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डले ११ महिनापछि नयाँ नेतृत्व पाएसँगै बजारमा लगानीकर्ताको मनोबल बढेको नेप्सले देखाएको छ ।
आज ७ अर्ब ४४ करोड बढीको सेयर खरिद बिक्री भएको छ। आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ। यस्तै, एउटा कम्पनीको मूल्य स्थिर छ।
आज बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बिमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बिमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढेका छन्।
साझा अर्थ संवाददाता