काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३ करोड ९९ लाख ५९ हजार ५ सय ४.२५ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार विशाल बजार कम्पनीमा संस्थापक शेयर बापत ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै समता घरेलु लघुवित्तको तीन लाख ५० हजार ९ सय ४।२५ कित्ता एफपीओ पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।
साझा अर्थ संवाददाता