पात्रो

रेडियो

समाचार खोजी

पहिलो पटक निजी क्षेत्रलाई प्राकृतिक ग्यास आयात र कारोबारको अनुमति

साझा अर्थ संवाददाता ११ मंसिर २०८१, मङ्गलवार

 

पहिलो पटक निजी क्षेत्रलाई प्राकृतिक ग्यास आयात र कारोबारको अनुमति प्रदान गरिएको छ ।  योग्य होल्डिङ्स प्रालिले उद्योग विभागबाट तरल प्राकृतिक ग्यास ९एलएनजी०को आयात र बिक्री अनुमति पाएका हुन् ।  

उद्योग विभागले गत शुक्रबार प्राकृतिक ग्यास आयातको कारोबार गर्न अनुमति दिएको योग्य होल्डिङ्सले जनाएको छ । विभागले आयल निगमको स्वीकृति लिएर मात्र निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार गर्ने लाइसेन्स जारी गरेको हो ।

कम्पनीले कारोबार अनुमति पाएसँगै बाराको सिमरामा उद्योग खोल्ने तयारी थालेको छ ।  आठ बिघा जमिनमा उद्योग खोल्ने तयारी भएको  उद्योगमा करिब एक अर्ब लगानी हुने जनाइएको छ ।  

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्