काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले १२ मंसिर बुधबार देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.८८४५१६८ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
पुस २ गतेसम्म आवेदन दिन सकिने हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
साझा अर्थ संवाददाता