काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गर्न लागेको हो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
साझा अर्थ संवाददाता