पात्रो

रेडियो

समाचार खोजी

मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनामा एक्जिम बैंकले लगानी गर्ने

साझा अर्थ संवाददाता १० मंसिर २०८१, सोमवार

 


मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन जुटेको छ । मनाङ–मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ–मर्स्याङ्दीको वित्तीय व्यवस्थापन जुटेसँगै निर्माण सुरु भएको आयोजनाको लगानीकर्तामध्येको एक बुटल पावर कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत महिना चीनको एक्जिम बैंकसँग कर्जा सम्झौता भएको थियो ।

सम्झौताअनुसार एक्जिम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआन अर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको कम्पनीले जनाएको छ । आयोजनाको अनुमानित लागत भने ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।

आयोजनामा नेपालको नेतृत्वदायी जलविद्युत् प्रवर्द्धक बुटवल पावरसँगै चिनियाँ लगानीकर्ता एसिआइजी इन्टरनेसनल लिमिटेड, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्युवाइइसी इन्टरनेसनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेस्टमेन्ट कम्पनीको लगानी रहनेछ । यसमा बुटवल पावरको हिस्सा २० प्रतिशत रहने बताइएको छ । 

आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरिवेक्षण सोही नर्थवेस्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको बताइएको छ । आयोजना निर्धारित कार्ययोजनाअनुरूप ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । साथै, यस कम्पनीले आयोजनास्थल आसपासका स्थानीय बासिन्दालाई प्रचलित कानुनको अधिनमा रही सेयर उपलब्ध गराउने योजना बनाएको छ ।

 

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्