पात्रो

रेडियो

समाचार खोजी

ज्योतिको नेत्तृवमा नेपाल निप्पोन चेम्बर्स अफ कर्मस एण्ड इन्डस्ट्री स्थापना

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार



काठमाडौं। व्यवसायी सौरभ ज्योतिको नेत्तृवमा नेपाल निप्पोन चेम्बर्स अफ कर्मस एण्ड इन्डिस्टी (एनएनसीसीआइं)को स्थापना गरिएको छ ।   उक्त संस्थामा उपायध्यक्ष ऋतुसिंह वैद्य, कोषाध्यक्षमा टुसारधर तुलाधर र सचिवमा विदयसिंह वैद्य, शाहिद घिमिरे, दिनेश तुलाधरलगायत छन्। 
 
 नेपाल र जापानकाबीच व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने र अन्य आर्थिक क्षेत्रहरूमा आपसी सहयोग र समृद्धि बढाउने तथा नेपाल र जापानबिच व्यापार तथा लगानी विस्तारसंगै नविन प्रविधि भित्र्याउन चेम्बर सहयोगी भूमिकामा रहने अध्यक्ष सौरभ ज्योतिले बताए। 

नेपालबाट जापान निर्यातको सम्भावना रहेको वस्तु तथा सामान निर्यातमा पनि चेम्बरले बिशेष पहल गर्ने उनको भनाइ छ। व्यापार सहजीकरणमा चेम्बरले दुबै देशको सरकारसंग र नीतिनिर्माता निकायमा लबिङ गर्न चेम्बरले भुमिका राख्ने उनले बताए। 
उद्घाटन समारोहमा नेपालका लागि जापानी राजदुत तामुरा ताकासिकाले नेपालमा जापानका उद्योगहरू र व्यापारिक अवसरहरूलाई प्रवद्र्धन गर्ने,  जापानका लगानीकर्ताहरूसँग नेपालमा नयाँ व्यापारिक सहकार्य गर्ने बताए। 

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ