काठमाडौं आइतबार नेप्से सूचक १३.०३ विन्दुले घटेर २६६७.४० अंकमा बन्द भएको छ । यस दिन ३ सय २२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर किनकारोबार भएको यस दिन ७ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको किनबेच भएको छ । यस दिन ६० करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।
आइतबार कारोबारमा आएकामध्ये ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार थ्री स्टार हाइड्रोपावर, न्यादी ग्रुप पावर र नबिल डिबेन्चर २०८२ को सेयर मुल्यमा नौ प्रतिशत बढीको वृद्धि भएको छ। यस्तै, सेन्चुरी डिबेन्चरको सेयर मूल्य भने ७।७५ प्रतिशतले घटेको छ।
साझा अर्थ संवाददाता