पात्रो

रेडियो

समाचार खोजी

आइएमई पेमार्फत आइइएलटिएसको शुल्क भुक्तानी

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार

 

आइइएलटिएस टेस्टको शुल्क भुक्तानी आइएमई पेमार्फत गर्न सकिने भएको छ । डिजिटल वालेट आइएमई पेले एपमार्फत नै शुल्क तिर्न सकिने सुविधा सार्वजनिक गरेको हो । साथै, सीमित अवधिका लागि एपबाट शुल्क भुक्तानी गर्दा एक हजार क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले आइइएलटिएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए–वान, ए–टु र बी–वानको भुक्तानी पनि एपमार्फत नै गर्न सक्नेछन् ।

‘हामी हाम्रा प्रयोगकर्तालाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आइइएलटिएस शुल्क भुक्तानीका लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछौँ ।’

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ