काठमाडौं । नेशनल म्यानेजमेन्ट फण्डले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ८१ करोडको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले पुस ३ गते होटल अकामा धुम्वाराही काठमाडौंमा साधारणसभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१र८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।
साझा अर्थ संवाददाता