सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्सतर्फ उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ। आर्थिक वर्ष ०७९/८० को आय विवरणअनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो।
कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस– २०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको छ। कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिट्यान्सको तर्फबाट संस्थापक तथा प्रबन्ध–निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सञ्चालन गरेको छ। साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ।
साझा अर्थ संवाददाता