काठमाडौः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य भेट्न करमैत्री वातावणको सिर्जना गर्नु पर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कर दिवसको उपलक्ष्यमा काठमाडौंमा आज आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो कुरामा जोड दिनुभएको हो ।
सामानय हिसावले कार्यसम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नभएको बताउँदै मन्त्री पौडेलले करदाता मैत्री बातावरण, करप्रणालीमा आधुनिकीकरण, प्रविधिमैत्री वातावरण, करछलीमा नियन्त्रण करछलि नियन्त्रण लगायतका कार्य गर्नुपर्ने बताउनुभयो ।
जनताबाट संकलित कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने उहाँको भनाई थियो । राजश्व संकलनमा संग्न कर्मचारीहरुलाई जिम्मेवार तथा जावफदेही ढंगले काम गर्न उहाँले उक्त अवसरमा निर्देशन दिनुभयो ।
कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवस—२०८१ आज मनाइएको छ ।
साझा अर्थ संवाददाता