पात्रो

रेडियो

समाचार खोजी

रसुवा सुक्खा बन्दरगाहको निर्माण कार्य आगामी असारभित्र सम्पन्न हुने

साझा अर्थ संवाददाता २९ कार्तिक २०८१, बिहिवार

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवको टिमुरेमा निर्माण भइरहेको सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नेपाल–चीन सीमामा बनिरहेको सुक्खा बन्दरगाह  चिनियाँ पक्षले आगामी असारभित्र   निर्माण गरेर नेपालाई हस्तान्तरण गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । बन्दरगाहअन्तर्गत भोटेकोशी खोलातर्फ र सडकतर्फको पर्खाल निर्माण कार्य पूरा भएको छ । सडक निर्माण ९० प्रतिशत, कार्गो गोदाम, लिटिगेसन गोदाम र इन्सपेक्सन सेडको निर्माण ९० प्रतिशत र प्रशासनिक भवनको निर्माण ५० प्रतिशत सम्पन्न भइसकेको उनले बताए । हाल इलेक्ट्रिकल, सेनेटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको छ । 

‘ 

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– १, टिमुरेमा रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबिच १६ अक्टोबर २०१४ मा समझदारी भएको थियो । 

सुक्खा बन्दरगाह निर्माणका लागि २९ वैशाख २०७ मा चीन सरकार र नेपाल सरकारबिच ‘कार्यान्वयन माइनुट’मा हस्ताक्षर भएको थियो ।  आयोजनाको कुल लागत १२ करोड ४० लाख आरएमबि रहेको छ । करार सम्झौताअनुसार आयोजनाको अवधि २४ जेठ ०८२ सम्म रहेको छ । कुल ५० हजार नौ सय वर्गमिटर क्षेत्रफलमा सुक्खा भौतिक संरचनाहरूको निर्माण भइरहेको छ ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्