पात्रो

रेडियो

समाचार खोजी

सिंगटी हाइड्रोको खुद नाफा ११३ प्रतिशतले बृद्धि

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार



सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा ११३ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीले ११ करोड २५ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड २८ लाख मात्रै थियो ।

यस अवधिमा कम्पनीले २६ करोड ३५ लाख बिद्युत् बिक्रीबाट र अन्य आम्दानी शिर्षकबाट २२ लाख आम्दानी गरेको छ।  
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३.८८ रुपैयाँ, तथा प्रति शेयर नेटवर्थ १०२.२१ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड छ ।  

357 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु