पात्रो

रेडियो

समाचार खोजी

दूध उत्पादक किसानलाई अनुदान

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार

काठमाडौंः   जिल्लाको हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई  अनुदान दिने भएको छ । दुध किसानलाई  उत्पादनमा प्रोत्साहन दिन गाउँपालिकाले प्रतिलिटर रु २० अनुदान दिने भएको हो । 
गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० पुर्‍याइएको हुप्सेकोट गाउँपालिका ले जानकरी दिएको छ । अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाको भनाई रहेको छ । 
चालु आवका लागि दूधमा अनुदान कार्यक्रमअन्तर्गत गाउँपालिकाले २५ लाख बजेट विनियोजन गरेको छ ।

241 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु