चालु आवको पहिलो दुई महिनामा बाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अवधिमा अघिल्लो आवको तुलनामा वाणिज्य बैंकहरुले ६.२७ प्रतिशतले मुनाफा बढाएका छन् । गत आवको यसै अवधिसम्म बैंकको कुल मुनाफा १६ अर्ब ६४ करोड थियो । भदौ मसान्तसम्ममा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन, कुमारी बैंकको नाफा अर्ब भन्दा बढी छ ।
त्यस्तै, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआइसी एशिया, कुमारी बैंक र ग्लोबल आइएमई बैंक गरी ६ वटा बैंकको नाफा भने गत आवको तुलनामा घटेको छ ।
सर्वाधिक नाफा कमाउनेमा नबिलले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा भने ग्लोबल आइएमईले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एनआइएमबि बैंक बैंकले १ अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कुमारी बैंकले भने १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकासले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता, एनएमबि बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एशिया ५७ करोड ७५ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
साझा अर्थ संवाददाता