चालू आवको पहिलो त्रैमासमा एक लाख ७० हजार पाँच सय ९३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा एक लाख ६२ हजार ६ सय ९४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आवभरमा सात लाख ४१ हजार दुई सय ९७ नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
चालू आवको पहिलो महिना साउनमा ५९ हजार पाँच सय ७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । यसैगरी, भदौ मा ५७ हजार चार सय ९३ जना नेपालीले विभागबाट श्रम स्वीकृत लिएका छन ।
साझा अर्थ संवाददाता