पात्रो

रेडियो

समाचार खोजी

ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

साझा अर्थ संवाददाता ७ असोज २०८१, सोमवार

 

ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ बालबालिकालाई थ्री–डी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ।  कृत्रिम हातले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास लिएको बैंकले जनाएको छ।

हालसम्म बैंकले २६ बालबालिकालाई यस्ता कृत्रिम हात प्रदान गरी उनीहरूको जीवन रूपान्तरण गर्न सहयोग गरिसकेको छ। बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १६ बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्ने घोषणा गरेको थियो। 

उक्त सम्झौताअनुरूप पहिलो चरणमा ६ बालबालिकालाई कृत्रिम हात प्रदान गरिएको हो। थ्री–डी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरू हलुका हुनुको साथै औँला चलाउन पनि मिल्ने तवरले इन्जिनियरिङ गरिएको हुन्छ।

बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हरेक वर्ष ४६ वटा यस्ता उपकरणमार्फत करिब १६८० भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराई जीवन रक्षा गर्न सफल भएको छ। साथै हालसम्मको योगदानले करिब ८५०० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन्।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता