काठमाडौंः नेपाल इन्भेष्ट मेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । बैकका सिईओ पाण्डेलाई मंगलवार राति सीआइबीको टोलिले सिन्धुलीबाट पक्राउ गरेको हो ।
पाण्डेलाई स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा भएको भनिएको करिब ४० करोड रुपैयाँ बराबरको बैंकिङ कसूर, ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । पाण्डे विरुद्ध विरुद्ध ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।