पात्रो

रेडियो

समाचार खोजी

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

साझा अर्थ संवाददाता २२ वैशाख २०८३, मङ्गलवार

काठमाडौँ, २२ वैशाखः पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने छ ।  

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा  साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने छ भने बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।   

83 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्