पात्रो

रेडियो

समाचार खोजी

फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी

साझा अर्थ संवाददाता ३ असोज २०८१, बिहिवार

(रासस/एएफपी) : फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उहाँ बिहीबार नै रिहा हुनुभएको छ । 
फिजी करेक्सन सर्भिसले भनेको पूर्वव्यवसायी विद्रोही नेता स्पेइटसहित छ  जनालाई औपचारिक रूपमा माफी दिइएको छ । 
राजनीतिक रूपमा संवेदनशील मुद्दाहरू समाधान गर्न गठन गरिएको ‘दया आयोगको सिफारिसमा उहाँलाई क्षमादान दिइएको छ । 
स्पेइटले सन् २००० को जातीय विद्रोहको नेतृत्व गर्नुभएको थियो भने उहाँको समूहले प्रधानमन्त्री महेन्द्र चौधरी र सांसदहरूलाई ५६ दिनसम्म बन्धक बनाएको थियो । 
स्पेइटले आफ्नो रिहाइ आदिवासी फिजिबासीहरूको विजय भएको छ । 

उहाँको गिरफ्तारीले फिजप्मा दङ्गा मच्चेको र जेलमा रहेका समय उहाँलाई संसदमा निर्वाचित गरेका थिए । 
देशद्रोहको आरोप लागे पनि उहाँलाई दिइएको मृत्युदण्डको सजाय भने घटाइएको थियो।
विशेष गरी आदिवासी फिजियन सहयोगीहरूले उहाँको माफी र रिहाईको मुद्दा वर्षौंदेखि उठाएका थिए ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता