पात्रो

रेडियो

समाचार खोजी

पूँजिबजार अस्थिर भएकोमा अर्थ मन्त्री चिन्तित

साझा अर्थ संवाददाता २ असोज २०८१, बुधवार

काठमाडौः अर्थ मन्त्री विणुप्रसाद पौडेलले पूँजि बजार अस्थिर भएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालय निरीक्षणका क्रममा मन्त्री पौडेलले सो चिन्ता ब्यक्त गर्नु भएको हो ।

कार्यालय निरीक्षणका क्रममा पौडेलले केही समय अघि तीन हजार माथी पुगेको नेप्से तथा कारोबार रकम पनि करिब तीस हजार पुगेकोमा हाल नेप्से र कारोबार रकम समेत किन खुम्ची रहेको छ स्पष्ट जवाफ खोज्नु पर्ने बताउनु भयो । स्थिर सरकार, बैंकको ब्याजदर घट्दा पनि नेप्से मा किन गिरावट भइरहेको छ त्यसको जवाफ आफूले चाहेको उहाँले बताउनुभयो ।

 काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चाँसो व्यक्त गरे । अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विस्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन समेत उक्त अवसरमा नेप्सेका अधिकारीहरुलार्य निर्देशन दिनुभएको थियो ।

167 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता