बुद्ध एयरले बुधबारदेखि थप एक उडान बढाउँदै काठमाडौं–बनारस सातामा तीनवटा उडान पु¥याएको छ ।
अब बुद्ध एयरले सातामा सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौं–बनारस नियमिति उडान भर्नेछ ।
यात्रुको चाप र मागलाई ध्यानमा राख्दै बुधबार पनि उडान भर्नेगरी काठमाडौं–बनारस उडान संख्या बढाइएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले जानकारी दिए ।
साझा अर्थ संवाददाता