काठमाडौंः सानिगाड हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले चैत्र आठ गते बैदेशिक राजगारीमा रहेकाहरकालागि आइपीओ निष्काशन तथा विक्री खुल्लागरेको थियो । कम्पनीले ५ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ७० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।