काठमाडौः नेपाल राष्ट्र बैंकले आज बैङ्किङ प्रणाली मार्फत ५० अर्ब रुपैयाँ प्रशोचण गर्न लागेको छ । बैङ्किङ प्रणालीमा अधिक तरलता देखिए पछि राष्ट्र बैंकले सो रकम बजार बाट प्रशोचण गर्न लागेको हो ।
निक्षेप संकलन उपकरण मार्फत ५० अबै रुपैयाँ प्रशोचण गर्न लागिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । बैकहरुले अनलाईन मार्फत बोलकबोलमा भाग लिन सक्ने छन् । ब्याज दर भने अनलाईन बोलकबोल मार्फत निर्धारण हुने छ । प्रशोचण गरिएको रकमको सावाँ तथा ब्याज भुक्तानी चैत्र २२ गते गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम प्रशोचण गर्ने गर्दछ ।