एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको सेयर सर्वसाधारण जो कोहिले पनि खरिद गर्न सक्नेछन् । खरिदका लागि लगानीकर्ताले असोज ७ सम्म बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङको कार्यालयमा प्रति कित्ता के कति मुल्यमा खरिद गर्ने उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।
कम्पनीले विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई गत असार २६ गते ३५ दिने सूचना प्रकाशित गरी उल्लेखित सेयर बिक्रीमा राखेको थियो । तर निर्धारित समयभित्र आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागेको जनाएको छ ।
साझा अर्थ संवाददाता