काठमाडौंः आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्यमा प्रतितोला ५ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ३७५ रुपैयाँले बृद्धि भएको हो ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।