पात्रो

रेडियो

समाचार खोजी

मन्त्री छोडेर चुनाव लड्न जानु बेइमानी होइन- प्रधानमन्त्री कार्की

साझा अर्थ संवाददाता १९ माघ २०८२, सोमवार

काठमाडौँः प्रधानमन्त्री सुशिला कार्कीले सरकार छोडेर गएपछि चुनाव लड्न जानेले बेइमानी नगरेको स्पष्ट गरेकी छन् ।

राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवाहरु राजनीति गर्न खोज्छन् भने गर्न दिनुपर्छ भन्दै दोष दिने भए आफुलाई दिन आग्रह गरेकी थिइन् । उनले जेनजीको प्रेसरबाट आफुले मन्त्री बनाएको र चुनाव लड्न जान्छु भन्दा जान दिएको बताएकी छन् । त्यस्तै प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर गएको बताउदै उनले केहि कानुन बनाउन भनेको र छोटो समयमा सम्भव नभएपछि उनले छोडेर गएको बताएकी छन् ।

त्यस्तै दुई जना मन्त्री रास्वपामा गएको, महावीर पुन स्वतन्त्र चुनाव लडेको र कुलमान घिसिङको आफ्नै पार्टी रहेकाले सरकारमा रास्वपाका मात्र मन्त्री रहेको भन्ने आरोपको प्रधानमन्त्री कार्कीले खण्डन गरेकी छन् ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ