पात्रो

रेडियो

समाचार खोजी

हिमालयन डिस्टिलरीको ६१ लाख ४६ हजार ८०३ दशमलव ६२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता १८ पुष २०८२, शुक्रवार

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) को ६१ लाख ४६ हजार ८०३ दशमलव ६२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीले कार्तिक ३० गते सम्पन्न गरेको २५औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि २५ प्रतिशत लाभांश पारित गरेको थियो। उक्त लाभांशमध्ये २० प्रतिशत बोनस सेयर तथा करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार जारी गरिएका बोनस सेयर हाल नेप्सेमा सूचीकृत भएका हुन्।

सूचीकृत बोनस सेयर कारोबारमा आएपछि कम्पनीका सेयरधनीहरूले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्। समाचार तयार पार्दासम्म हिमालयन डिस्टिलरीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार १५६ रुपैयाँ १० पैसा रहेको छ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ