पात्रो

रेडियो

समाचार खोजी

भीमेश्वर नगरपालिकाद्वारा करिब १ करोड आठ लाख राजश्व संकलन

नवराज शिवाकोटी १५ पुष २०८२, मङ्गलवार

दोलखाः भीमेश्वर नगरपालिकाले करिब १ करोड ८ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नगरले सो राजश्व संकलन गरेको हो । 
विभिन्न २६ शीर्षकमा पाँच महिनाको अवधिमा कुल १ करोड ७ लाख ६९ हजार २९७ रुपैयाँ राजश्व संकलन भएको  भीमेश्वर नगरपालिका लेखा शाखाले जानकारी दिएको छ । 
लेखा शाखाका अनुसार कुल २६ शीर्षक मध्ये मंसिर मसान्त सम्मको अवधिमा सबै भन्दा बढी सरकारी सम्पतीको बाहाल बाट प्राप्त आय शीर्षकमा ३६ लाख ४ हजार पाँचसय बाइस रुपैयाँ राजश्व प्राप्त भएको छ भने सबै भन्दा कम अन्य कर शर्षकमा ६५० रुपैयाँ प्राप्त भएको छ । बहाल विटौरी, सरकारी सम्पतीको विक्री तथा प्रशासनीक दण्ड जरीवाना र जफत शीर्षकमा भने कुनै रकम प्राप्त नभएको शाखाको तथ्याङ्क छ । 
नगरले संकलन गरेको राजश्वहरुमा सम्पति कर बापत ८ लाख ४४ हजार ९५०, भूमिकर/ मालपोत कर बापत १६ लाख ८८ हजार ७८५, बहालकर बापत १३ लाख ३२ हजार ६४०, अन्य कर बापत २० हजार, अन्य कर विक्री बाट प्राप्त रकम शीर्षकमा १२ हजार ४५०, विद्युत सेवा शुल्क वापत ३१ हजार ९२, अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा ६ लाख ७ हजार ४९५, न्यायीक दस्तुर वापत २ हजार, शिक्षा क्षेत्रको आमदानी वापत ४ हजार तथा  परीक्षा शुल्क बापत २५ हजार ५१० राजश्व प्राप्ती भएको शाखाले जनाएको छ । 
यस्तै अन्य प्रशासनीक सेवा शुल्क वापत ४ लाख ८७ हजार ६००,नक्सा पास दस्तुर वापत ३ लाख ४६ हजार ६७०, सिफारिस दस्तुर वापत ९ लाख ४६ हजार ११५, ब्यक्तिगत घटना दर्ता दस्तुर १ लाख ८ हजार १०० रुपैयाँ तथा नाता प्रमाणित दस्तुर बापत २७ हजार ७५० रुपैयाँ राजश्व समिक्षा अवधिमा प्राप्त भएको शाखाको भनाई रहेको छ । 
यसैगरी अन्य दस्तुर वापत १३ हजार ४३०, ब्यावसाय रजिष्ट्रेशन दस्तुर वापत ५ लाख ६ हजार ५००, विद्युत सम्बन्धी दस्तुर वापत ७००, अन्य क्षेत्रको आय शीर्षकमा ५७ हजार ६९२,अन्य राजश्व शीर्षकमा १२ हजार ६५८ तथा ब्यवसाय कर  शीर्षकमा ८७ हजार ९८६ रुपैयाँ राजश्व संकलन भएको शाखाको तथ्याङ्ग रहेको छ ।

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

नवराज शिवाकोटी

उहाँले साझा अर्थको विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ।

सम्बन्धित समाचारहरु