पात्रो

रेडियो

समाचार खोजी

मुद्दती निक्षेपमा ५ अर्ब ५५ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता १४ पुष २०८२, सोमवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा साढे ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। सो बैंककोे उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
सो लगानी कालागि  पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आग्रह गरेको छ । सो रकम मध्ये ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा राष्ट्रबैकले लगानी गर्नेछ।

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ