पात्रो

रेडियो

समाचार खोजी

६ दिनपछि ७८.१७ विन्दुले बढ्यो नेप्से, लगानीकर्ता उत्साही

साझा अर्थ संवाददाता २७ भदौ २०८१, बिहिवार

लगातार ६ दिन घटेको नेप्से बिहीबार भने ७८.१७ विन्दुले बढेर २६८८.३८ अंकमा पुगेको छ । बिहिबार ८ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हँुँदा सात कम्पनी सकारात्मक सर्किट लेबलमा पुगेका छन् ।   यसअघि लगातार ६ कार्य दिनमा नेप्से सूचक करिब २२० अंकले घटेको थियो । 

पछिल्लो छ दिनमा  ३ हजार विन्दुमा पुगेको नेप्से २६ सयसम्म आयो भने ३० अर्ब पुगेको कारोबार रकम पनि ७ अर्बभन्दा तल झर्यो । 

 यस दिन ३१८ कम्पनीको १ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४७ करोड ६५ लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रोमा हिमालयन रिइन्सुरेन्स र एनआरएन इन्फ्रास्टक्चर परेका छन् । 

बिहीबार कारोबारमा आएकामध्ये २२९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर छ।

बिहीबार वीन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर लिमिटेड, इस्टर्न हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसियन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। यस बाहेक अन्य पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ। 

बिहीबार अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा पनि थ्री स्टार हाइड्रोपावरको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। बिहीबार १३ समूहमध्ये म्युचल फन्डबाहेक सबै समूहको सेयर मूल्य बढ्दा जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। 


 

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता