पात्रो

रेडियो

समाचार खोजी

तारा गाउँ रेजेन्सी होटलको २९औँ वार्षिक साधारण सभा पुस २३ गते

साझा अर्थ संवाददाता १ पुष २०८२, मङ्गलवार

काठमाडौं — तारा गाउँ रेजेन्सी होटल लिमिटेड (TRH) ले आफ्नो २९औँ वार्षिक साधारण सभा (AGM) पुस २३ गते आयोजना गर्ने भएको छ। सभा काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव अनुमोदन गरिनेछ। मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीबाट कर बाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार २०० रुपैयाँ रहेको छ।

यसका साथै, सभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने, साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।

कम्पनीले पुस ७ गतेदेखि पुस १८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। सो अवधिभन्दा अघिसम्म सेयरधनी रहेका लगानीकर्ताले लाभांश प्राप्त गर्नका साथै साधारण सभामा सहभागी हुन पाउनेछन्।

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु