पात्रो

रेडियो

समाचार खोजी

सोलु हाइड्रोपावरको आईपीओ: सोलुखुम्बुका प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर जारी

मंसिर ७ गतेदेखि प्रभावित स्थानीय र वैदेशिक रोजगारीका नेपालीका लागि छुट्टै कोटा खुल्दै

साझा अर्थ संवाददाता २८ कार्तिक २०८२, शुक्रवार
समाचार सारांश

सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल २ करोड कित्ता आईपीओ जारी गर्दैछ । स्थानीयका लागि आवेदन मंसिर २१ (अवधि बढ़ेमा पौष ७) सम्म खुला रहनेछ भने विदेशी रोजगारतर्फका नेपालीका लागि मंसिर १० (अवधि बढ़ेमा मंसिर २१) सम्म खुला हुनेछ । कम्पनीको जारी पुँजी रू. १० अर्बमध्ये २० प्रतिशत शेयर सार्वजनिक रूपमा निष्कासन हुँदैछ । कम्पनीलाई IRN BB (Is) रेटिङ प्राप्त भएको छ र अहिले ८२ मेगावाट क्षमताको लोअर सोलु जलविद्युत् आयोजना सञ्चालनमा छ ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, मंसिर ७ गते । सोलु हाइड्रोपावर लिमिटेडले सोलुखुम्बु जिल्लाका परियोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले यस सम्बन्धी प्रस्ताव पत्र (अफर लेटर) सार्वजनिक गरी आवेदन सम्बन्धी सबै विवरण सार्वजनिक गरेको छ ।

परियोजना प्रभावित स्थानीयका लागि आईपीओ मंसिर ७ गतेदेखि मंसिर २१ गते, २०८२ सम्म खुला हुनेछ । सो अवधिमा माग पूरा नभएमा आवेदान अवधि पौष ७ गतेसम्म लम्बिन सक्नेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ मंसिर ७ गतेदेखि मंसिर १० गतेसम्म खुला रहनेछ भने न्यूनतम माग नपुगेमा मंसिर २१ गतेसम्म अवधि बढ्न सक्छ ।

कम्पनीको जारी पुँजी रू. १० अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् २,००,००,००० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागिएको हो । कुल जारी पुँजीको १० प्रतिशत (१,००,००,००० कित्ता शेयर) सोलुखुम्बुका प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी १० प्रतिशत (१,००,००,००० कित्ता शेयर) सर्वसाधारणलाई आगामी चरणमा निष्कासन गरिनेछ ।

यस सर्वसाधारण भाग अन्तर्गत १० प्रतिशत अर्थात् १०,००,००० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ, जसका लागि आवेदन मंसिर ७ गतेदेखि खुल्नेछ । प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका दुबै समूहका लागि न्यूनतम आवेदन १० कित्ता र अधिकतम १,००,००० कित्ता निर्धारण गरिएको छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई यस आईपीओको इश्यू म्यानेजर नियुक्त गरिएको छ । यसैबीच, इनफोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले सोलु हाइड्रोपावरलाई IRN BB (Is) [डबल बी (इस्युअर)] रेटिङ प्रदान गरेको छ, जसले कम्पनीमा वित्तीय दायित्व अनुदानमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सोलु हाइड्रोपावर लिमिटेड (SHL) सन् २०१० जूनमा निजी कम्पनीका रूपमा स्थापना भई २०२२ जुलाईमा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो । प्रारम्भमा भारतीय कम्पनी Essel Infraprojects Ltd. को बहुमत स्वामित्वमा रहेको SHL हाल प्रमुख नेपाली व्यवसायिक समूहहरू—त्रिवेणी, विशाल, गोयल, राठी, बैद्य, र जैन—द्वारा प्रवद्र्धित छ । कम्पनीले सोलुखुम्बुमा स्थित ८२ मेगावाट को लोअर सोलु जलविद्युत् आयोजना (LSHEP) सञ्चालन गरिरहेको छ, जसको जलग्रहण क्षेत्र ४११ वर्गकिलोमिटर, डिजाइन डिस्चार्ज १९.८५ म³/सेकेन्ड (४०% PoE) र ग्रस हेड ४९३ मिटर रहेको छ ।

२०७९ फागुनसम्मको विवरण अनुसार कम्पनीका प्रमुख संस्थापक शेयरधारकहरूमा गोविन्द लाल सङ्घाई (८.१६%), नितेश अग्रवाल (७.०९%) र रामचन्द्र सङ्घाई (४.९३%) रहेका छन् ।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ