पात्रो

रेडियो

समाचार खोजी

तीन अर्ब रुपियाँ बराबरको डिबेञ्चर निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैङ्क

साझा अर्थ संवाददाता २० कार्तिक २०८२, बिहिवार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘‘छ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’’ को निष्काशन गर्ने भएको छ ।
बैङ्कले एक हजार रूपियाँ अंकित दरको ३० लाख कित्ताले हुन आउने सो रकम बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सो सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा रावा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभयो ।
सम्झौतामा उल्लेख भए अनुसार रावा बैङ्कले तीन अर्ब बराबरको ऋणपत्र जारी गर्ने  भएको छ । जस मध्यको ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुन आउने एक अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत तबर र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने एक अर्ब २० करोड रुपियाँ बराबरको रकम सर्वसाधारणहरुका लागि निष्काशन गरिने बैङ्कले जनाएको छ । ऋणपत्रको वार्षिक ब्याजदर छ प्रतिशत र अवधी सात वर्षको रहने सम्झौतापत्रमा उल्लेख छ ।

294 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ