पात्रो

रेडियो

समाचार खोजी

आउदो साता पनि सेयर कारोबार नहुने

साझा अर्थ संवाददाता २७ भदौ २०८२, शुक्रवार

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दोस्रो बजार कारोबार थप एक साता बन्द गर्ने जानकारी दिएको छ । वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर आउँदो असोज २ गते आइतबारसम्म कारोबार बन्द गर्न लागिएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर नेप्सेले एक साता सेयर कारोबार नगराउने निर्णय गरेको बताएको छ । यस अघि जेनजी आन्दोलनका कारण भदौ २४, २५ र २६ गतेपनि शेयर कारोबार बन्द भएको थियो ।

अब सेयर कारोबार आगामी असोज ५ गतेदेखि मात्र हुने भएको छ ।  

 

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्