पात्रो

रेडियो

समाचार खोजी

पाकिस्तानको क्वेटामा विस्फोट, १३ जनाको मृत्यु

साझा अर्थ संवाददाता १८ भदौ २०८२, बुधवार

काठमाडौँ : पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

जियो न्यूजका अनुसार बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचले यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको उल्लेख गरेको छ । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मीहरू पनि मारिएका छन् ।

राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गर्दै भने कि यो विस्फोट 'मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य' भएको बताएका छन् ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ