पात्रो

रेडियो

समाचार खोजी

पचास करोड रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्दै आईसीएफसी

साझा अर्थ संवाददाता १३ भदौ २०८२, शुक्रवार
समाचार सारांश

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ , कम्पनीको बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझौता गरेका छन् 

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले पचास करोड रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले पचास करोड रुपियाँ बराबरको ऋणपत्र ‘‘आठ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’’ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझौता गरेका छन् ।
सम्झौता पत्रमा आई.सि.एफ.सि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

98 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ