पात्रो

रेडियो

समाचार खोजी

गाजास्थित अस्पतालमा भएको इजरायली आक्रमणमा पाँच पत्रकारसहित २० जनाको मृत्यु

साझा अर्थ संवाददाता ९ भदौ २०८२, सोमवार

गाजा, ९ भदौ (रासस/एएफपी) : गाजाको नागरिक सुरक्षा निकायले सोमबार दक्षिणमा रहेको एक अस्पतालमा इजरायली आक्रमणमा परी कम्तीमा २० जना पत्रकारको मृत्यु भएको जनाएको छ ।

गाजाको सुरक्षा निकायका प्रवक्ता महमुद बसालले भन्नुभयो, “दक्षिणमा रहेको खान युनिसस्थिते नासिर अस्पतालमा भएको आक्रमणमा परी पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित हालसम्म २० जनाको मृत्यु भएको छ ।

मिडिया अनुगमनकारी संस्थाका अनुसार इजरायल र हमासबीच करिब दुई वर्षको युद्धमा करिब २०० पत्रकार मारिएका छन् ।

इजरायली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा ‘खान युनिसको नासिर अस्पतालको क्षेत्रमा आफ्नो सेनाले सोमबार आक्रमण गरेको’ पुष्टि गरेको छ।  

“इजरायली सेनाप्रमुखले जतिसक्दो चाँडो प्रारम्भिक छानबिन गर्न निर्देशन दिनुभएको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ”, “यसमा लडाकू समूहसँग संलग्न नभएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको क्षति पुगेकोमा इजरायली सेना दु्ःख व्यक्त गर्दछ र इजरायलले पत्रकारहरूलाई लक्षित गर्दैन।”

नागरिक सुरक्षा निकायका बासलका अनुसार इजरायली विस्फोटक ड्रोनले नासेर अस्पतालको एक भवनलाई निशाना बनाएको थियो।

कतारस्थित टिभी नेटवर्क अलजजिराका प्रवक्ताले सोमबार आफ्ना एक फोटो पत्रकार तथा क्यामेराम्यान मोहम्मद सलामामाको आक्रमणमा मृत्यु भएको बताउनुभएको छ । “अल जजिरा मिडिया नेटवर्कले यस भयानक अपराधको कडा शब्दमा भत्र्सना गर्दछ । सेनाले सत्यलाई चुप गराउने योजनाबद्ध अभियानको एक भागको रूपमा पत्रकारहरूलाई प्रत्यक्ष रूपमा निशाना बनाएको छ र हत्या गरेको छ,” प्रसारकले एक बयानमा भनेको छ।”

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले एक विज्ञप्ति जारी गर्दै ३३ वर्षीया फोटो पत्रकार मरियम डग्गाको मृत्युको खबरले स्तब्ध र दुःखी बनाएको जनाएको छ ।

यसअघि एक विज्ञप्ति जारी गर्दै डग्गाको हत्या हुँदा उनी एजेन्सीमा कुनै पनि जिम्मेवारीमा नभएको उल्लेख गरिएको थियो ।

रोयटर्सका प्रवक्ताले भन्नुभयो, “गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणमा रोयटर्सका हुसाम अल–मसरीको मृत्यु भएको र हातेम खालिद घाइते भएको खबरले हामी स्तब्ध भएका छौं ।

 “हामीले तत्काल थप जानकारी मागिरहेका छौँ र गाजा र इजरायलका अधिकारीहरूलाई हातेमका लागि तत्काल चिकित्सा सहायता प्राप्त गर्न मद्दत गर्न आग्रह गरेका छौँ,” प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘प्यालेस्टिनी जोर्नालिस्ट सिन्डिकेट’ले मृत्यु भएका अन्य दुई पत्रकार मोअज अबु ताहा र अहमद अबु अजीज रहेको उल्लेख गरेको छ । 

एएफपीका संवाददाताका अनुसार अबु ताहाले केही प्यालेस्टाइनी र अन्तर्राष्ट्रिय प्रकाशनका लागि काम गर्दै आउनुभएको थियो । 

गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको कारण ‘नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव भएको छ।

एएफपीले आक्रमण लगत्तैको फुटेजमा अस्पताल बाहिर भुइँमा विस्फोटनको धुवाँले हावा भरिएको र भग्नावशेष देखिएको थियो ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु