संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेकाे बताउनु भएकाे छ। विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगकाे छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले भन्नू भयाे, सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ।तर पनि राज्यबाट पछि परेकाे छ। मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेकाे छ ।
सुदुपश्चिमकाे पर्यटकीय क्षेत्रकाे विकास लागि राजनीति दल सराेकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु। मन्त्री पाण्डेले ५ सय भन्दा बढी पर्व र १३० वटा भाषा भएकाे उल्लेख गर्नु भयाे। उहाँले भाषा सभ्यता,संस्कृति,भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएकाे बताउनु भयाे।संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनकाे क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गर्नु भयाे। उहाँले मन्त्रालयकाे समग्र विषयवस्तु बुझिसकेकाे र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताउनु भयाे। साथै उहाँले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशाेधन गर्दै अघि बढिरहेकाेमा प्रस्ट पार्नु भयाे।
साझा अर्थ संवाददाता