पात्रो

रेडियो

समाचार खोजी

क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

साझा अर्थ संवाददाता ३ असार २०८३, बुधवार

काठमाडौँ, ३ असारः विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । 

    विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो । विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

    विशेष अदालतको आदेशमा भनिएको छ, “प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि निज प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिइ थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।”

    गौतमले पोखरा क्षेत्रीय विमानस्थलको निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले इपिसी कन्स्ट्राक्ट सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी  स्वाभाविक रुपमा लागत बढाएर प्राधिकरणको थप रु ५० लाख ३४ लाख ४० हजार ६९६ रकम हिनामिना गरेको अभियोग लागेको थियो ।

62 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु